२०८३ साउन २१ गते बिहीबार

महानगरको सहयोगमा किसान बजार खुल्यो

महानगरको सहयोगमा किसान बजार खुल्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १८ गते आइतबार ०१:२६

पोखरा । पोखराको वडा नं १८ स्थित खपौँदीमा फेवा किसानबजार खुलेको छ । कृषकहरुले उत्पादन गरेका उपभोग्यवस्तुहरु सिधै उपभोक्तासम्म पुर्याउने उद्देश्यले किसान बजार खोलिएको पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर...

पोखरा । पोखराको वडा नं १८ स्थित खपौँदीमा फेवा किसानबजार खुलेको छ । कृषकहरुले उत्पादन गरेका उपभोग्यवस्तुहरु सिधै उपभोक्तासम्म पुर्याउने उद्देश्यले किसान बजार खोलिएको पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

फेवा किसानबजार पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसँगको साझेदारीमा सञ्चालनमा आएको हो ।

किसान बजारको महानगरका प्रमुख मानबहादुर जिसीले शुक्रबार उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख जिसीले “स्थानीय तथा अर्गानिक उत्पादनप्रति उपभोक्ताहरुको चासो बढेको हुँदा कृषकहरुले अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताए । किसानले गरेको उत्पादन स्वयं किसानले नै विक्री गर्न पाउनुपर्ने बातावरणकाे निर्माणमा महानगरपालिकाले पहल गरिरहेको उनकाे भनाइ छ ।

पोखरामा दैनिक ३ करोड मुल्य बराबरको तरकारी खपत हुने गरेको दृष्टान्त सुनाउँदै मेयर जिसीले करौडौँ रकम बाहिरिनबाट जोगाउनका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए । “यहाँ उत्पादन हुने वस्तु सकेसम्म बाहिरबाट आयात नगर्ने महानगरको नीति हो” उनले भने ।

पोखराको लेखनाथस्थित तालचोक, विरौटा, काहुँखोला, बाटुलेचौर लगायतका स्थानमा यस किसिमका बजारहरु सञ्चालनमा आईसकेको जानकारी दिँदै उनले कृषक र उपभोक्तालाई सीधा व्यापारमा जोड्ने महानगरको उद्देस्य रहेको बताए । मेयर जिसीले व्यवसायीक कृषकहरुले कृषि बिमाको सुविधा प्रयोग गर्नुपर्नेमा पनि जोड दिए ।

महानगरका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकहरु विचौलीयाका कारण पीडित भएकाले यस्तो बजारको कल्पना गरिएको बताए । पोखराको वडा नं १८, २३ र २४ का कृषकहरुलाई लक्षित गरी विक्री केन्द्र सञ्चालनमा ल्याईएको उनले जानकारी दिए । उत्पादनले बजार नपाएको भनेर कृषकहरुले सधै गरिरहने गुनासो केही हदसम्म सम्बोधन हुने कडरियाको विश्वास छ । कृषकले गरेको उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिने उनले बताए ।

पोखरा महानगरको लोगो सहितको प्याकेजिङ र ब्रान्डीङ गरी कृषिउपज विक्री गरिने उनको भनाई छ । कडरियाका अनुसार साना कृषकहरुसंग साझेदारी गरेर पोखराको चिप्लेढुङ्गा स्थित श्री कम्पलेक्समा कृषि उपज पुर्याउने व्यवस्था महानगरले गर्नेछ ।

किसानबजारमा स्थानीय उत्पादनहरु, पोखरेली जेठोबुढो, विभिन्न तरकारी, विभिन्न व्यवसायिक फर्महरुबाट उत्पादित उपभोग्य वस्तुहरु विक्रीका लागि राखिएका छन् ।

सोही अवसरमा फेवातालमा माछाका भुराहरु छोडीएको छ, विभिन्न प्रजातीका १५ हजार माछाका भुरा तालमा छाडिएको हो ।

प्रकाशित मिति २०७७ असोज १८ गते आइतबार ०१:२६
हजुरको प्रतिक्रिया