२०८३ कात्तिक ११ गते मंगलबार

तिर्थालु बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

तिर्थालु बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १३ गते आइतबार ०८:०९

आज बिहान ३ बजेतिर बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेकाे भएको प्रहरीको भनाइ छ ।

नवलपुर

 

नवलपुरको बुलिङटारमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका छन् । पाल्पाको रम्भा गाउँपालिका– १, हुँगीबाट गोरखाको मनकामना जादै गरेको बस बुलिङटार– २, मथारमा दुर्घटना भएको हो । गोरखाको मनकामना मन्दिर दर्शनका लागि जादै गरेका तिर्थालु बोकेको ना६ख ७५८० नम्बरको बस दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा रम्भा गाउँपालिका– १ हुँगीका ४१ वर्षीया तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका– ९ की ४५ वर्षीया फूलमाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सबैको घटनास्थलमै ज्यान गएको हो । आज बिहान ३ बजेतिर बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल खसेकाे भएको प्रहरीको भनाइ छ ।

 

कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा बस दुर्घटनामा परेको हो । हुँगीबाट राति ९ बजे मनकामना दर्शनका लागि तिर्थालु हिँडेका थिए । दुर्घटनाका घाइतेहरुलाई स्थानीय र प्रहरीले उद्धार गरी चितवन लगिदै छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

 

प्रकाशित मिति २०७९ कात्तिक १३ गते आइतबार ०८:०९
हजुरको प्रतिक्रिया