२०८३ कात्तिक ११ गते मंगलबार

नारायणीमा डुंगा पल्टिँदा तीनको मृत्यु

नारायणीमा डुंगा पल्टिँदा तीनको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १५ गते मंगलबार ०८:१९

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीमा सोमबार पल्टिँदा दुर्घटना भएको हो ।

चितवन

नारायणी नदीमा डुंगा पल्टँदा तीन जना किशोरको ज्यान गएको छ । पश्चिम नवलपरासीको सुस्तास्थित घोलमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पच्चिम नवलपरासीका अनुसार डुंगा पल्टिँदा सुस्ता –४ का २२ वर्षीय गुडु हरिजन, सोही ठाउँका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको ज्यान गएको हो ।

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीमा सोमबार पल्टिँदा दुर्घटना भएको हो । घटनामा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूको भैरहवामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७९ कात्तिक १५ गते मंगलबार ०८:१९

हजुरको प्रतिक्रिया