पोखरा
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस सरकारमा जान गठबन्धन आवश्यक रहेको बताएका छन् । गठबन्धन बाध्यता नभइ आवश्यकता भएको उनले सुनाए ।
‘गठबन्धन आवश्यकताको सिद्धान्तमा आधरित छ । आवश्यकता के को ? बढी सिट ल्याउने । सरकारमा जाने र सरकारको नेतृत्व गर्ने’, महतले भने । सरकारको नेतृत्व शेरबहादुर देउवाले नै गर्ने डा. महतको भनाइ छ ।
उनले थोरैै मत पनि जित्न आवश्यक भएकाले धेरै मत भएको स्थानमा पनि कांग्रेसले गठबन्धनका सहयात्री दललाई दिएको उनले बताए । एमालले कल्पनाको उडान भरेर २०७४ सालको निर्वाचन जितेको उनको आरोप छ ।
पोखरामा भएको कार्यकर्ता भेटघाटमा बोल्दै उनले ओली फेरि सत्तामा आए देशले दुर्दशा भोग्नुपर्ने टिप्पणी गरे । गठबन्धनका उम्मेदवार जिताउन उनले निर्देशनसमेत दिएका छन् । ‘कहाँ हसियाँ हथौडामा भोट हाल्ने हामी त रुखमा हाल्ने भन्नुहोला । तर, रुखलाई जिताउन त्यसमा पनि भोट हाल्न प¥यो,’ उनले भने ।
प्रकाशित मिति २०७९ कात्तिक १५ गते मंगलबार ०६:३०