२०८३ साउन २१ गते बिहीबार

एलन मस्कले ट्विटरबाट झण्डै ४ हजार कर्मचारीलाई निकाले

एलन मस्कले ट्विटरबाट झण्डै ४ हजार कर्मचारीलाई  निकाले

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १९ गते शनिबार ०४:१७

मस्कको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनीका झण्डै आधा कर्मचारीलाई जागिरबाट निकालेका छन् । अघिल्लो हप्ता ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेका मस्कले सीईओ र सञ्चालक समिति भंग गरेर सबै अधिकार आफ्नो हातमा लिएका थिए ।  

हिजो मात्रै उनले कम्पनीमा कार्यरत झण्डै ४ हजार जना कर्मचारीलाई जागिरबाट निकालेको बीबीसीले जनाएको छ । मस्कको निर्णयको चौतर्फी आलोचना भइरहेको छ । तर ट्विटरले दैनिक ४ करोड डलर घाटा बेहोरिरहेकाले कर्मचारी कटौती गर्नु आफ्नो बाध्यता रहेको उनकाे दाबी छ । जागिरबाट निकालिएका सबै कर्मचारीलाई तीन महिनाको अतिरिक्त तलब दिइएको पनि उनले बताएका छन् ।

कर्मचारी निकाल्ने निर्णयको श्रम अधिकारवादीहरुले चर्को विरोध गर्दै मस्कलाई क्रुर धनाढ्यको आरोप लगाएका छन् । जागिरबाट हटाइएका कर्मचारीले ट्विटरमा गुनासो र आक्रोस पोख्दा उनीहरुलाई अपरिचित व्यक्तिबाट धम्की आइरहेको र त्यो काम मस्ककै योजनामा भएको हुन सक्ने खबरमा उल्लेख छ ।

प्रकाशित मिति २०७९ कात्तिक १९ गते शनिबार ०४:१७
हजुरको प्रतिक्रिया