२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीलाई हराउँदै एपीएफ क्लब सेमिफाइनलमा

प्रधानमन्त्री कप क्रिकेटमा कर्णालीलाई हराउँदै एपीएफ क्लब सेमिफाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १९ गते शनिबार ०५:५२

कर्णाली प्रदेशलाई ४४ रनले हराएसँगै एपीएफ अन्तिम चारमा पुगेको हो ।

काठमाण्डौ – सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

कर्णाली प्रदेशलाई ४४ रनले हराएसँगै एपीएफ अन्तिम चारमा पुगेको हो । कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ११ बल बाँकी छँदै १ सय ९० रनमा अलआउट भयो । उसका लागि रवीन्द्र शाहीले सर्वाधिक ८० रन बनाए ।

यस्तै, विपीन शाहीले ३४, अर्जुन घर्तीले २७ र दिनेश अधिकारीले २० रन बनाए । बलिङतर्फ एपीएफका मौसम ढकालले ४ तथा भुवन कार्कीले २ विकेट लिए । कर्णाली प्रदेशले कुनै अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति २०७९ कात्तिक १९ गते शनिबार ०५:५२
हजुरको प्रतिक्रिया