२०८३ साउन २१ गते बिहीबार

गोरखामा ३ बर्षीय बालकसहित महिला प्रहरी आमामा काेराेना संक्रमण पु्ष्टि

गोरखामा ३ बर्षीय बालकसहित महिला प्रहरी आमामा काेराेना संक्रमण पु्ष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १९ गते सोमबार ०४:१७

सोमबार वडा प्रहरी कार्यालय, १२ किलो गोरखामा कार्यरत २ जना महिला प्रहरीसहित ८ जना प्रहरी संक्रमित भएका छन । वडा प्रहरी कार्यालय १२ किलाेमा कार्यरत २ जना महिला प्रहरीका १२ र ३ वर्षका २ जना बालकहरु समेत संक्रमित भएकाे स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । यस्तै, प्रहरी हिरासतमा रहेका  गोरखा-१० र १४ का ३० र ४४ बर्षका २ जनामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । 

८ प्रहरी र हिरासतमा रहेका २ व्यक्ती समेत संक्रमित

पाेखरा । गण्डकी प्रदेशमा साेमबार पाेखरा महानगरपालिकाका ३६ र गाेरखाका १८ जनासहित ५६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिउँसो ३ : २० बजेसम्म जारी गरेकाे विज्ञप्तीका अनुसार पाेखराका ३६ सहित गण्डकी प्रदेशमा ५६ जना संक्रमित भएका हुन ।

सोमबार वडा प्रहरी कार्यालय, १२ किलो गोरखामा कार्यरत २ जना महिला प्रहरीसहित ८ जना प्रहरी संक्रमित भएका छन । वडा प्रहरी कार्यालय १२ किलाेमा कार्यरत २ जना महिला प्रहरीका १२ र ३ वर्षका २ जना बालकहरु समेत संक्रमित भएकाे स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । यस्तै, प्रहरी हिरासतमा रहेका  गोरखा-१० र १४ का ३० र ४४ बर्षका २ जनामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यता पाेखरामा संक्रमित हुनेहरुमा १० बर्षीय बालकसहित १६ र १८ बर्षीय किशाेर किशाेरीपनि छन । पोखरा-१० का १० बर्षीय एक बालक तथा पोखरा-७ का १६ बर्षीय किशोर र पोखरा-६ का १८ बर्षीय किशाेरी साेमबार संक्रमित बनेकाे निर्देशनालयले जनाएकाे छ । यस्तै, पाेखराकाे फेवासिटी हस्पिटलमा उपचाररत पाेखरा १४ का ५१ बर्षीय पुरूष, पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलय, पोखरामा कार्यरत पोखरा -१२ का एकजना  चिकित्सकलगायत अन्य छन ।

याे संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको  संख्या ४२३१ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज १९ गते सोमबार ०४:१७
हजुरको प्रतिक्रिया