२०८३ साउन २१ गते बिहीबार

दीपशिखा सामुदायिक पुस्तकालयको १५ औं साधारणसभा सम्पन्न

दीपशिखा सामुदायिक पुस्तकालयको १५ औं साधारणसभा सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २० गते आइतबार १०:२०

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १५औं साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रम को उद्घाटन गर्दै गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले...

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १५औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रम को उद्घाटन गर्दै गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले नेपाल सरकार शिक्षा संस्कृति तथा प्रविधि मन्त्रालयबाट वर्षकै उत्कृष्ट पुस्तकालयका रुपमा पुरस्कृत बन्न सफल भएकामा बधाई ज्ञापन गर्दै पाठकहरु निरन्तर पुस्तकालय आउने वातावरणका लागि अझै लागिरहन प्ररित गरे ।

साधारणसभामा पुस्तकालयका कार्यसमितिका सचिव पदमप्रसाद अधिकारीले प्रगति प्रतिवेदन सहित भावी योजना तथा कोषाध्यक्ष माधव भण्डारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजिवन सदस्य डिल्लिराम पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभामा कर्मचारीहरु धनु पहारी र माया गुरुङ्गलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति २०७९ कात्तिक २० गते आइतबार १०:२०
हजुरको प्रतिक्रिया