२०८३ साउन २१ गते बिहीबार

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २१ गते सोमबार ०७:४७

भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो ।

तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।

प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए ।

स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए । उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । आँधी र ठूलो वर्षामा उक्त विमान परेको थियो ।

भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो । राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।

राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।

प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार ०७:४७
हजुरको प्रतिक्रिया