२०८३ साउन २१ गते बिहीबार

आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता दलहरुले उल्लङ्घन गरे : आयुक्त रामप्रसाद भण्डारी

आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता दलहरुले उल्लङ्घन गरे : आयुक्त रामप्रसाद भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २१ गते सोमबार ०१:०१

उनले राजनीतिक दल र सरोकारवालाहरुसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमानदारिता देखाउनुपर्नेमा पनि जोड दिए ।

काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराइ स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा चुनाव सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको दाबी गरेको छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष चुनावको कडीको रुपमा रहेको आचारसंहिता पालना गराउने विषयमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको दाबी गरेका हुन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विगतका चुनावमा आचारसंहिता उल्लङ्घन भएको, धाँधली भएको, मतपेटीका हराएको लगायत घटनाहरुबारे बताउँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएका थिए । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए । उनले राजनीतिक दल र सरोकारवालाहरुसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमानदारिता देखाउनुपर्नेमा पनि जोड दिए ।

आचारसंहिता राजनीतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्ताबेज भएको र त्यसमा राजनीतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिबद्धता जनाएकाले प्रतिबद्धताप्रति दलहरु पनि जिम्मेवार हुनुपर्ने तर्क उनले गरे ।

भण्डारीले स्वतन्त्र, निष्पक्ष, भयरहीत र सर्वस्वीकार्य चुनाव गराउने सवालमा आयोग कटिबद्ध रहेको र त्यहीअनुसार आफ्ना काम कारबाही अघि बढाएको बताए ।

प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार ०१:०१
हजुरको प्रतिक्रिया