२०८३ साउन २१ गते बिहीबार

स्याङजा डाडाँस्वारामा कल्याण केन्द्र भवनको उद्धघाटन

स्याङजा डाडाँस्वारामा कल्याण केन्द्र भवनको उद्धघाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २१ गते सोमबार ०४:१२

पोखरा । गाउँको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता सपोर्ट नेपाल–युकेका संस्थापकहरुले गरेका छन् । सपोर्ट नेपाल युकेका संस्थापक एवं सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङको योजना तथा लगानीमा स्याङजा...

पोखरा । गाउँको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता सपोर्ट नेपाल–युकेका संस्थापकहरुले गरेका छन् । सपोर्ट नेपाल युकेका संस्थापक एवं सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङको योजना तथा लगानीमा स्याङजा पुतलीबजार नगरपालिका वडा नं. ८ डाडाँस्वारामा सपोर्ट नेपाल युके कल्याण केन्द्रको नवनिर्मित भवन उद्घाटनका क्रममा संस्थापकहरुले यस्तो बताएका हुन् ।

८० लाख लागतमा बनेको कल्याण केन्द्रको भवन अरुण चौधरी फाउडेसनका संस्थापक अरुण चौधरी र सपोर्ट नेपाल युकेकी संस्थापक अध्यक्ष पोली स्कटले संयुक्त रुपमा उद्घाटन गरेका छन् । गाउँ फर्क अभियानलाई अगाडी बढाउन तथा गाउँको शिक्षा, स्वास्थ्य, खेलकुद विकासका लागि सेवा गर्न आउने पाहुनालाई बासको व्यवस्था गर्न कल्याण केन्द्र भवनको निर्माण गरिएको योजनाकार नविन गुरुङले बताए । गाउँ विकासको लागि उक्त भवनले ठुलो योगदान दिने उनको भनाई छ । होटलको व्यवस्था नभएका कारण गाउँमा सेवा गर्न आउने डाक्टर, इन्जिनियर, स्वयंसेवक लगायतलाई गुणस्तरिय बासको आवश्यक रहेकाले भवन निर्माण गरिएको गुरुङले बताए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अरुण चौधरी फाउण्डेशनका संस्थापक अरुण चौधरीले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा अगाडी बढेका नविन गुरुङको साथ आफुले सधै दिने बताए । ‘गाउँमा भएका कठिनाई, समस्यालाई समाधान गर्छु भन्ने व्यक्तिलाई म साथ दिन्छु । नविन गुरुङ मेरो साथी पनि हुन् । असल काम गर्नेलाई मैले साथ किन नदिने रु गाउँमा भएका समस्याहरुलाई समाधान गर्नतर्फ हामी लाग्नुपर्छ । डाडाँस्वारा त एउटा नमुना मात्र हो यस्ता धेरै गाउँको विकास आवश्यक छ ।’ –चौधरीले भने ।

त्यस्तै सपोर्ट नेपाल–युकेकी संस्थापक अध्यक्ष पोली स्कटले शिक्षा र स्वास्थ्यका लागि संस्था निरन्तर लागिरहने बताइन् । ‘कार्यक्रममा अरुण चौधरीले डाडाँस्वारा विकासको लागि रु १ लाख रुपैयाँ सहयोग समेत गरेका थिए ।

प्रकाशित मिति २०७९ कात्तिक २१ गते सोमबार ०४:१२
हजुरको प्रतिक्रिया