२०८३ साउन २१ गते बिहीबार

पाेखरामा बलात्कारकाे आराेपमा एक जना पक्राउ

पाेखरामा बलात्कारकाे आराेपमा एक जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २० गते मंगलबार ०९:०६

पाेखरा ।  पाेखरामा १४ वर्षीय बालिकालाई बलात्कार गरेकाे आराेपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २०७६ पुस २ गते राती आफ्नै भतिजी नाता पर्ने बालिकालाई घरमा कोही नभएको अवस्थामा डर धम्की दिई बलात्कार गर्ने २१ वर्षीय एक युवालाई...

पाेखरा ।  पाेखरामा १४ वर्षीय बालिकालाई बलात्कार गरेकाे आराेपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

२०७६ पुस २ गते राती आफ्नै भतिजी नाता पर्ने बालिकालाई घरमा कोही नभएको अवस्थामा डर धम्की दिई बलात्कार गर्ने २१ वर्षीय एक युवालाई प्रहरीले सर्लाहीवाट पक्राउ गरि कास्की ल्याएको छ ।

पिडित बालिकाले छोरा जन्न्माएकाे र उक्त बच्चा बलात्कारपछि जन्मिएकाे जाहेरीको आधारमा सर्लाही जिल्ला निवासी आरोपित ति युवालाई असोज १८ गते पक्राउ गरि ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।

आरोपित  बिरुद्ध हाडनाता करणी कसुरमा कास्की जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको जिप्रका कास्कीले उल्लेख गरेकाे छ ।

प्रकाशित मिति २०७७ असोज २० गते मंगलबार ०९:०६
हजुरको प्रतिक्रिया