२०८३ साउन २१ गते बिहीबार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा पोखराका बेलबहादुर र कल्पनाको मृत्यु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा पोखराका बेलबहादुर र कल्पनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २४ गते बिहीबार १२:०१

मृत्यु हुनेमा पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगर रहेका छन् ।

काठमाडौं। काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा पोखरा घर भएका दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको गए राति मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाण्डौ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रवक्ता भट्टले बताए । प्रहरीले ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति २०७९ कात्तिक २४ गते बिहीबार १२:०१
हजुरको प्रतिक्रिया