२०८३ असोज २३ गते शुक्रबार

तीन महिनामा साढे ८६ अर्बको वैदेशिक सहायता प्रतिबद्धता

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २५ गते शुक्रबार ०५:०७

अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमास (साउन–असोज) मा नेपालले ८६ अर्ब ४१ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त गरेको हो ।

काठमाडौं । नेपालले पछिल्लो तीन महिनामा साढे ८६ प्रतिशत वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त गरेको छ ।

 

अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमास (साउन–असोज) मा नेपालले ८६ अर्ब ४१ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त गरेको हो । जसमा ६ अर्ब ७१ करोड रुपैयाँ अनुदान रहेको छ । ७९ अर्ब ७० करोड रुपैयाँ भने ऋण हो ।

 

कुल वैदेशिक सहायतामा अनुदानको हिस्सा ७।७७ प्रतिशत देखिएको छ । ऋणको हिस्सा ९२.२३ प्रतिशत रहेको छ । यस वर्ष सरकारले ५५ अर्ब ४६ करोड अनुदान र वैदेशिक ऋण २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।

 

यस वर्ष असोजसम्म जापानले शिक्षाका लागि ३५ करोड, युरोपेली युनियनबाट खानेपानी तथा सरसफाइका लागि १ अर्ब ३७ करोड, स्विट्जरल्याण्डले शिक्षाका लागि ९९ करोड, जापानले सिंञ्चाइका लागि २ अर्ब र कोरियाले रोजगारी तथा आईसीटीका लागि २ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

यसबीचमा विश्व बैंकबाट वातावरण, सडक र आईसीटीका लागि क्रमशः १२ अर्ब ७५ करोड, ३४ अर्ब ९६ करोड रुपैयाँ र १७ अर्ब ७९ करोड ऋण प्राप्तिको प्रतिबद्धता प्राप्त भएको छ । जापानले ऊर्जाका लागि १४ अर्ब २० करोड ऋण दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रकाशित मिति २०७९ कात्तिक २५ गते शुक्रबार ०५:०७
हजुरको प्रतिक्रिया