२०८३ साउन २१ गते बिहीबार

आज निमोनियाविरुद्धको दिवस: रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन डब्ल्यूएचओको आग्रह

आज निमोनियाविरुद्धको दिवस: रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन डब्ल्यूएचओको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २६ गते शनिबार १२:३४

 निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको सङ्क्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो ।

काठमाण्डौ । आज निमोनियाविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १२ तारिखमा विश्व निमोनियाविरुद्धको दिवस मनाउने गरिन्छ ।

विश्वमा कोरोना महामारी, डेङ्गीलगायतका सङ्क्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ। निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको सङ्क्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो ।

ब्याक्टेरिया र भाइरलबाहेक अरू कारणले पनि निमोनिया हुनसक्छ ।  निमोनियाले धेरैजसो पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धालाई सताउने गरेको छ।

निमोनियाको रोकथाम र उपचारमा विशेष ध्यान पुर्याउन विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आग्रह गरेको छ। यसको न्यूनीकरणका लागि निमोनियाविरुद्धको खोपसहित अरु रोकथामका सुरक्षा अपनाउन आवश्यक छ।

निमोनियाबारे जनचेतना बढाउन सन् २००९ देखि हरेक वर्षको नोभेम्बर १२ तारिखमा यो दिवस मनाउन थालिएको हो । बिरामीको अवस्थाअनुसार उपचार हुने भएकाले लक्षणहरू देखिनासाथ अस्पताल जान डाक्टरको सल्लाह छ।

प्रकाशित मिति २०७९ कात्तिक २६ गते शनिबार १२:३४
हजुरको प्रतिक्रिया