२०८३ साउन २१ गते बिहीबार

राप्रपा उम्मेदवार भण्डारी भन्छन्ः देश र जनताको मुहार फेर्न मेरो उम्मेदवारी

राप्रपा उम्मेदवार भण्डारी भन्छन्ः देश र जनताको मुहार फेर्न मेरो उम्मेदवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २६ गते शनिबार ०६:१८

पोखरा कास्की जिल्ला क्षेत्र बनं. २ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार विजय बहादुर भण्डारीले देश र जनताको मुहार फेर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेको भण्डारीले पोखरा...

पोखरा

कास्की जिल्ला क्षेत्र बनं. २ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार विजय बहादुर भण्डारीले देश र जनताको मुहार फेर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेको भण्डारीले पोखरा महानगरपालिका १७ महतगौडामा मतदातासँग भेटघाट गर्दै आफूलाई विजयी गराएमा हरेक नागरिकको समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले जनताको ढाड सेक्नेगरी भइरहेको दोहोरो कर प्रणालीको अन्त्य गरी कर संरचनामा हेरफेर गर्ने बताए ।

उनले असक्षम जनप्रतिनिधिलाई हटाउने प्रणालीको सुरुवात गर्ने समेत सुनाए । ‘हामीले धेरै देखिसक्यौं, भोगिसक्यौं । अब दुःख पाउनका लागि मतदान गर्ने होइन विकासका लागि मतदान गर्ने हो’ उनले भने, ‘असक्षम, अयोग्य जनप्रतिनिधिलाई राइट टु रिजेक्ट तथा राइट टु रिकल प्रणालीको विकास गर्नेछु ।’

प्रकाशित मिति २०७९ कात्तिक २६ गते शनिबार ०६:१८
हजुरको प्रतिक्रिया