२०८३ साउन २१ गते बिहीबार

बायोकल ‘डी’ र एसभीट औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

बायोकल ‘डी’ र एसभीट औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २७ गते आइतबार १०:३१

औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सङ्कलन गरिएको नमुना परीक्षणका क्रममा ती औषधि गुणस्तरहीन रहेको पाइएको हो ।

काठमाण्डौ – बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनाबाट बायोकल–डी र एसभीट औषधि गुणस्तरहीन पाइएको छ ।

औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सङ्कलन गरिएको नमुना परीक्षणका क्रममा ती औषधि गुणस्तरहीन रहेको पाइएको हो ।

विभागले ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । साथै विभागले सूचना निकालेर बजारमा उपलब्ध गुणस्तरहीन औषधि प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।

प्रकाशित मिति २०७९ कात्तिक २७ गते आइतबार १०:३१
हजुरको प्रतिक्रिया