२०८३ असोज २३ गते शुक्रबार

पश्चिमी वायु बाहिरिँदै: गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा सामान्य बदली हुने सम्भावना

पश्चिमी वायु बाहिरिँदै:  गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा सामान्य बदली हुने सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १ गते बिहीबार ०७:२३

पोखरा पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । प्रदेश१, बाग्मती र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार यी क्षेत्रमा...

पोखरा

पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

प्रदेश१, बाग्मती र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार यी क्षेत्रमा दिउँसो घाम लागे पनि मधुरो मात्रै लाग्ने छ । पारिलो घाम लाग्ने छैन ।

यस्तै, यी प्रदेशका हिमाली जिल्लामा हल्का हिमपात र केही पहाडी क्षेत्रमा हल्का वर्षाको पनि अनुमान छ । पश्चिमी वायु बाहिरिने क्रम सुरु भएसँगै पूर्व क्षेत्रको मौसममा असर परेको मौसमविद् भट्टराईले जानकारी दिए ।

भोलि भने देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने छ । यस्तै, भोट हाल्ने दिन आउँदो आइतवार पनि सामान्यतया मौसम सफा नै रहने अनुमान छ।

प्रकाशित मिति २०७९ मंसिर १ गते बिहीबार ०७:२३
हजुरको प्रतिक्रिया