बिहिबार पोखराका ५ सहित गण्डकी प्रदेशमा ४६ संक्रमित थपिए
पोखरा । पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । पोखरा-१६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजेर ४३ मिनेट जाँदा ज्यान गएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
गत असोज १३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।मृतक पुरुष हाइपरटेन्सन, डाइबिटिज्, तथा मृगौलाको रोगबाट ग्रसित थिए ।
यस्तै, बिहिबार पोखराका ५ सहित गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार पोखरामा संक्रमित हुनेहरुमा पोखरा -१७ का २ जना पुरुषसहित पोखरा- ४,६ र १० का एक एक जना पुरुष रहेका छन ।
प्रदेशमा, बर्दघाट सुस्तापूर्व नवलपरासीमा २७ जना, बाग्लुङ्मा १२ जना, पोखराका ५ जना, लमजुङ् र तनहुँका एक एक जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बिहिबार थप संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ४ सय ४७ पुगेको छ ।
।




