२०८३ साउन २१ गते बिहीबार

कृषि उपजको आयात र निर्यात दुवै घट्यो

कृषि उपजको आयात र निर्यात दुवै घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १ गते बिहीबार ०२:१७

काठमाडौं  चालु आर्थिक वर्ष (आ.व) को तीन महिनामा कृषि उपजको आयात र निर्यात दुवैमा संकुचन आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार निर्यात ५९ प्रतिशतले घट्दा आयात पनि ३२ प्रतिशतले घटेको जनाएको छ । सूर्यमुखी तेल, भटमास र...

काठमाडौं 

चालु आर्थिक वर्ष (आ.व) को तीन महिनामा कृषि उपजको आयात र निर्यात दुवैमा संकुचन आएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार निर्यात ५९ प्रतिशतले घट्दा आयात पनि ३२ प्रतिशतले घटेको जनाएको छ ।

सूर्यमुखी तेल, भटमास र पामको व्यापारमा आएको संकुचनका कारण कृषि उपजको आयात तथा निर्यातमा कमी देखिएको मन्त्रालयले जनाएको छ । चालु आवको समीक्षा अवधिमा नेपालले २ अर्ब ८२ करोडको मात्रै वस्तु निर्यात गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै यस अवधिमा कृषि उपज आयातमा पनि ३२ प्रतिशतको संकुचन आएको मन्त्रालयले जनाएको छ ।

चालु आवको तीन महिनामा ६९ अर्व १६ करोड रुपैयाँको कृषि उपज आयात भएको छ । जुन गत आवको यसै अवधिमा भन्दा ४७ अर्बले कम हो । गत आर्थिक वर्षको तीन महिनामा १ खर्व १६ करोड रुपैयाँको वस्तु नेपाल भित्रिएका थिए ।

नेपालले यस अवधिमा अदुवा, अलैंची, तरकारी र फलफूल, चिया र कफी निर्यात गरेको छ । यस्तै भटमास, सूर्यमुखी तेलको कच्चा पदार्थ, तोरी, प्याज र स्याउ, कागती, केरा र सुन्तला प्रमुख रुपमा आयात गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २०७९ मंसिर १ गते बिहीबार ०२:१७

हजुरको प्रतिक्रिया