२०८३ साउन २१ गते बिहीबार

दाङमा श्रीमानद्धारा श्रीमतीको हत्या

दाङमा श्रीमानद्धारा श्रीमतीको हत्या

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २ गते शुक्रबार १२:४१

दाङ । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका–१ क्विरेनीका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिमेकीले बोटेलाई ढोका...

दाङ । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

बबई गाउँपालिका–१ क्विरेनीका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिमेकीले बोटेलाई ढोका बाहिरबाट चुक्कुल लगाएर कोठामा थुनेका थिए । छोराछोरी मामाघर गएका बेला श्रीमान् श्रीमतीबीच झगडा भएपछि लालबहादुरले श्रीमतीको हत्या गरेका प्रहरीले जनाएको छ ।

लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरेको छ ।

प्रकाशित मिति २०७९ मंसिर २ गते शुक्रबार १२:४१
हजुरको प्रतिक्रिया