२०८३ साउन २१ गते बिहीबार

मंसिर २० देखि एन प्याब्सन खेलकुद महोत्सव

मंसिर २० देखि एन प्याब्सन खेलकुद महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर ९ गते शुक्रबार ०४:४१

४६ विद्यालयका ७ हजार विद्यार्थीले खेलकुद महोत्सवमा प्रतिस्पर्धा गर्नेछन् ।

पोखरा

१३ औं संस्करणको नेशनल प्याब्सन खेलकुद महोत्सवको मिति घोषणा गरिएको छ । एन प्याब्सन कास्कीले आयोजना गर्ने खेलकुद महोत्सव मंसिर २० देखि २३ गतेसम्म गर्ने तयारी छ । यद्यपि १८ गतेदेखि नै अनौपचारिक रुपमा खेल सञ्चालन हुने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पोखरा रंगशालामा खेलकुद महोत्सव चल्नेछ । ७ हजार विद्यार्थीले खेलकुद महोत्सवमा प्रतिस्पर्धा गर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बताए । उनका अनुसार ४६ विधालयबाट प्रतिस्पर्धी विद्यार्थी खेलाडी सहभागी हुनेछन् ।

विद्यार्थीको बौद्धिक, शारीरिक पक्षमा ह्रास आउन नदिन खेलकुदमा सहभागी हुनुपर्ने उनको भनाई छ । ‘इलोक्ट्रोनिक डिभाइसमा अभ्यस्त हुँदा अध्यनमा अतिआवश्यक क्रियाकलाप नभएर सकारात्मक विकासमा ह्रास आएको छ । विगतका कठिन अवस्थालाई पार गर्दै सामान्यकरण भएकाले अब विद्यार्थीको सर्वांगिन विकासलाई ध्यान दिँदै खेलकुद महोत्सवलाई निरन्तरता दिदैछौं’, उनले भने । कोराना महामारीका कारण गएको २०७५ सालपछि एन प्याब्सनको खेलकुद महोत्सव रोकिएको हो । हरेक १ वर्षको अन्तरमा एन प्याब्सन खेलकुद महोत्सव हुँदै आइरहेको छ । खेलकुद र पढाइ एउटै पाटोको सिक्का भएको अधिकारीले सुनाए ।

जुनियर र सिनियर दुइ विधामा खेलाडीले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने आयोजक समिति सदस्य राजु कायस्थयले जानकारी दिए । उनका अनुसार जुनियरतर्फ कक्षा १ देखि ७ सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् । सिनियरतर्फ १ देखि कक्षा १० सम्मका विद्यार्थीको सहभागिता रहनेछ । जुनियर छात्रतर्फ चार विधामा दौड, लङजम्प, हाइजम्प र सेभेन ए साइड फुटबल हुनेछ । जुनियर छात्रातर्फ फुटबल हुनेछैन् ।

सिनियर छात्रातर्फ ६ विधामा दौड, हाइजम्प, लङजम्प, ११ ए साइड फुटबल, बास्केटबल, टिटि र ब्याडमिन्टन खेल हुनेछ । सिनियर छात्रतर्फ फुटबल र बास्केटबल हुनेछैन् ।१ सय स्वर्ण र रजत पदक वितरण हुनेछ भने १५० कास्य पदकका लागि खेलाडीको भिडन्त हुनेछ ।

१२ औं सस्करणको एन प्याब्सन खेलकुद महोत्सवको उपाधि कास्की मोर्डनाइज्डले उचालेको थियो । कास्की मोर्डनानाइज्डले विभिन्न विधामा ३३६ अंक सहित उपाधि उचालेको थियो ।

प्रकाशित मिति २०७९ मंसिर ९ गते शुक्रबार ०४:४१
हजुरको प्रतिक्रिया