२०८३ साउन २१ गते बिहीबार

मानसिक स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिन सरोकारवाला निकायको जोड

मानसिक स्वास्थ्यको क्षेत्रलाई प्राथमिकता दिन सरोकारवाला निकायको जोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १९ गते सोमबार ०३:४७

पोखरा मानसिक स्वास्थ्यको क्षेत्रलाई सरोकारवाला निकायले प्राथमिकता दिएर काम गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा उपस्थित...

पोखरा

मानसिक स्वास्थ्यको क्षेत्रलाई सरोकारवाला निकायले प्राथमिकता दिएर काम गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा उपस्थित सरोकारवालाले मनोरोगबाट पीडितहरुलाई राज्यले निशुल्क उपचारका लागि सहयोग गर्नुपर्ने बताएका हुन् ।

जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले मानसिक रोगबाट पीडितका लागि राज्यले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्ने भन्दै त्यसका लागि आफ्नो निकायको तर्फबाट समन्वय गर्ने बताएका छन। पौडेलले प्रकृतिमैत्री विकासको अभाव, आहारविहार लगायतका कारण देशमा मानसिक रोगिहरुको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै यसले पारिवारिक र सामाजिक जिवन नै प्रभावित भएको बताए । उनले स्वस्थ नागरिक बिना देश विकास सम्भव नहुने बताए ।

कास्कीका सरोकारवाला सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी बैठकमा पौडेलले कास्कीमा सो समस्याको उपचारका निम्ति सुबिधा सम्पन्न उपचार केन्द्रको स्थापना गर्ने कार्यक्रम समावेश गर्न स्थानिय तह ,प्रदेश र संघीय सरकारलाई आग्रह गरे।

यस्तै कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले स्वास्थ क्षेत्रमा काम गर्ने सरकारी र गैर सरकारी संस्थाहरूले महामारीको बेला मात्रै उपचारका उपाय खोज्ने बानीको सुधार गरि काम गर्न आग्रह गरे। बरालले अनुदानमुखी कार्यक्रममा मात्रै भर नपरी स्वाबलम्बी कार्यक्रम हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति २०७९ मंसिर १९ गते सोमबार ०३:४७
हजुरको प्रतिक्रिया