२०८३ साउन २१ गते बिहीबार

आइतवार बिहानै पोखरामा ९ बर्षीय बालकसहित २३ जना संक्रमित (अपडेट)

आइतवार बिहानै पोखरामा ९ बर्षीय बालकसहित २३ जना संक्रमित (अपडेट)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २५ गते आइतबार ०९:०९

पाेखरा । आइतवार बिहानै पोखरा महानगरपालिकामा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पाेखरा १० का एक ९ बर्षीय बालकसहित गण्डकी प्रदेशमा ७८ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । निर्देशानलयका निर्देशक...

गण्डकी प्रदेशमा ७८ संक्रमित थपिए

पाेखरा । आइतवार बिहानै पोखरा महानगरपालिकामा २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पाेखरा १० का एक ९ बर्षीय बालकसहित गण्डकी प्रदेशमा ७८ जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

निर्देशानलयका निर्देशक डा बिनोदबिन्दु शर्माका अनुसार कास्की जिल्ला, पोखरा महानगरपालिका-८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत बिरामी हुन भने पोखरा १७ का १९ बर्षीया युवती ओम अस्पताल पोखरामा कार्यरत स्वास्थ्यकर्मी हुन ।

यसै गरी बागलुङ जिल्लामा बाग्लुङ नगरपालिकाका २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मी,२ जना नेपाल प्रहरी र २ जना बाग्लुङ ईजलासमा कार्यरत, एक जना जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय ब्यबसायीलाई संक्रमित पुष्टी भएको छ ।

लमजुङ्को राइनास ईनास ७ का ३९ बर्षीय महिला ओम अस्पताल लमजुङमा कार्यरत स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४७६९ पुगेको छ ।

प्रकाशित मिति २०७७ असोज २५ गते आइतबार ०९:०९
हजुरको प्रतिक्रिया