२०८३ असोज २३ गते शुक्रबार

महाकालीमा एकतर्फी बाँध बनाएको विरोधमा नेपालले भारतलाई कुटनीतिक नाेट पठायो

महाकालीमा एकतर्फी बाँध बनाएको विरोधमा नेपालले भारतलाई कुटनीतिक नाेट पठायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २० गते मंगलबार ०५:५१

पोखरा महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले काठमाण्डौमा रहेको भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको परराष्ट्र...

पोखरा

महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले काठमाण्डौमा रहेको भारतीय राजदूतावासमार्फत कुटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिए । कुटनीतिक नोटमा नेपालको सहमतिविना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने उल्लेख रहेको उनले बताए ।

भारतीय पक्षले महाकाली नदीमा तटबन्धनका संरचना बनाउँदा दार्चुलाको खलङ्गा बजार जोखिममा परेको भन्दै खलङ्गावासीले विरोध गरेका छन् ।

स्थानीयवासीले तटबन्ध बनाएको विषयमा विरोध गर्दा गएको आइतवार दार्चुलाको सीमा क्षेत्रमा तनाव भएको थियो । अहिले तटबन्ध निर्माणको काम रोकिएको छ ।

प्रकाशित मिति २०७९ मंसिर २० गते मंगलबार ०५:५१
हजुरको प्रतिक्रिया