पाेखरा
अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा पुसको दोस्रो साता सेञ्चुरी युवा क्लबले २१ औं सेञ्चुरी ल्होसार मेला गर्ने भएको छ । तमु समुदायको पर्व ल्होसारको अवसरमा पुस १० देखि १४ गतेसम्म मेला आयोजना गरिने क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए ।
उनले सांस्कृतिक जगेर्नासहित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए । ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौं,’ उनले भने, ‘यो वर्षपनि पुसको १० गतेदेखि मेला राखेका छौं । यसले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिएका छौं ।’
उनका अनुसार सो मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, थ्री अन थ्री बास्केटबल प्रतियोगिता, ठेलो हान्ने, रस्साकस्सी, घैटो फुटाउने, म्युजिकल चियर लगायतका प्रतियोगिता समावेश गरिएको छ ।
उनले पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए । गुरुङका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबल तर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउन भलिबल र बास्केटबलको लागि ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबलको लागि ३ हजार दर्ता शुल्क तोकिएको छ ।
मेलालाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रमसहित अन्नपूर्ण ब्यान्डले लाइभ कन्सर्ट गर्ने आयोजकले जनाएको छ ।
प्रकाशित मिति २०७९ मंसिर २६ गते सोमबार ०५:४९




