२०८३ साउन २१ गते बिहीबार

पहिरोले ढोरपाटनमा १७ जना बेपत्ता

पहिरोले ढोरपाटनमा १७ जना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ १८ गते बिहीबार ०३:५९

ढोरपाटन उपत्यका प्रवेश गर्ने देउराली भुजीखोलाको मुहान देउराली पहाडबाट ठुलो पहिरो खसेर ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा आएको पहिरोका कारण लाकुरीबोटमा तीन जना, सुकुरदुङमा एक जना, दुनेपधेरामा तीन जना, घट्टबोटमा सात जना, भुसुन्डेमा तीन जना समेत १७ जना सम्पर्क बिहिन भएको स्थानीय जीवन पुनले जानकारी दिए ।

६ को शव फेला, स्कुल, पुल र हाइड्रो पावर समेत बगायो

गए राती परेको अविरल वर्षाका कारण आएको पहिरोले पुरिएर बागलुङको ढोरपाटन नगरपालिकामा १७ जना बेपत्ता भएका छन भने कम्तीमा २५ घर बगाएको छ।

ढोरपाटन उपत्यका प्रवेश गर्ने देउराली भुजीखोलाको मुहान देउराली पहाडबाट ठुलो पहिरो खसेर ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा आएको पहिरोका कारण लाकुरीबोटमा तीन जना, सुकुरदुङमा एक जना, दुनेपधेरामा तीन जना, घट्टबोटमा सात जना, भुसुन्डेमा तीन जना समेत १७ जना सम्पर्क बिहिन भएको स्थानीय जीवन पुनले जानकारी दिए । पहिरोमा परेर थप मानिसहरु हराएको हुनसक्ने अनुमान गरिएको छ भने पहिराेमा पुरिएका मध्ये ६ जनाको शव फेला परेको छ । जसमध्ये एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गल्कोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन् । घटनाको जानकारी पाउनासाथ घटनास्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ ।

यस्तै, बाढीले लाकुरीबोटका ११ घर, दुनेपधेरामा पांच घर, घट्टबोटमा आठ घर, भुसुन्ड्मा एक घर बगाएको छ भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिए । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

भूजिखोलामा पहिरोले थुनेर खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका वस्तीमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति २०७७ भदौ १८ गते बिहीबार ०३:५९
हजुरको प्रतिक्रिया