२०८३ साउन २१ गते बिहीबार

एमाले पर्ख र हेरको नीतिमा छ, सरकार गठनको पहलकदमी लिएका छैनौंः शंकर पोखरेल

एमाले पर्ख र हेरको नीतिमा छ, सरकार गठनको पहलकदमी लिएका छैनौंः शंकर पोखरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर २७ गते मंगलबार ०७:०९

सरकार गठनका लागि कुनै पहलकदमी नचालेको उनले स्पष्ट पारे ।

पोखरा

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार गठनका लागि पर्ख र हेरको नीति एमालेले लिएको बताएका छन् । मंगलबार पोखरामा भएको कार्यक्रममा बोल्दै महासचिव पोखरलले भने, ‘अहिलेको जनादेश पछाडी यो मुलुकको भविष्य के होला भन्ने बारेमा छलफल चलिरहेको बेलामा हामीले कुनै स्पष्ट चित्र देखिरहेका छैनौं । हाम्रो पार्टीले स्वभाविक रुपमा जनादेश सरकार गठनका लागि प्राप्त नभएको अवस्थामा पर्ख र हेरको नीति लिनु उपयुक्त हुन्छ भन्ने ठानेको छ ।’ सरकार गठनका लागि कुनै पहलकदमी नचालेको उनले स्पष्ट पारे ।

उनले एमाले प्रतिपक्षमै बस्ने संकेतसमेत गरे । उनले भनेका छन्, ‘गठबन्धनले यो मुलुकको नेतृत्व गर्न सक्दैैन भनेर जनताका बीचमा सन्देश सम्प्रेण गरिहन्छौ । गठबन्धन हिजो पनि समस्या थियो आज पनि समस्या हो । जतिबेलासम्म गठबन्धन रहीरहन्छ मुलुकले सही प्रकारको निकास प्राप्त गर्न सक्दैन् भन्ने हाम्रो मान्यतालाई निरन्तर रुपमा उठाइरहन्छौं ।’ बलियो राष्ट्रिय शक्ति विकास र सम्बृद्वीका लागि अपरिहार्य रहेको मान्यता लिएर एमाले जनताको माझ जाने उनको भनाई छ ।

‘अहिलेको जनादेश समस्याको समाधान होइन, हुन सक्दैन’, उनले भने । अबको संसदीय गतिविधिले नेकपा एमालेको आवश्यता पुष्टी गर्ने महासचिव पोखरेलको दाबी छ । अहिलेको गठबन्धन चल्नै नसकेर आगामी २ वर्षमै निर्वाचन घोषण गर्ने अवस्था आउन सक्ने पोखरेलले ठोकुवा गरे ।

प्रकाशित मिति २०७९ मंसिर २७ गते मंगलबार ०७:०९

हजुरको प्रतिक्रिया