२०८३ साउन २१ गते बिहीबार

यूईएफए नेसन्स लिग : फ्रान्स र पोर्चुगलविचको खेल गोलरहित बराबरीमा टुङ्गियो

यूईएफए नेसन्स लिग : फ्रान्स र पोर्चुगलविचको खेल गोलरहित बराबरीमा टुङ्गियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २६ गते सोमबार ११:४१

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्स र पोर्चुगल बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा विश्वकप विजेता फ्रान्स र साबिकको विजेता पोर्चुगल गोलरहित बराबरीमा रोकिएका हुन् । युवा स्टार केयलियन एम्बाप्पे र एन्टोइन ग्रिजम्यानसहितका...

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्स र पोर्चुगल बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा विश्वकप विजेता फ्रान्स र साबिकको विजेता पोर्चुगल गोलरहित बराबरीमा रोकिएका हुन् ।

युवा स्टार केयलियन एम्बाप्पे र एन्टोइन ग्रिजम्यानसहितका खेलाडी मैदान उत्रिएको फ्रान्सले कुनै गोल गर्न सकेन । यता फुटबल स्टार क्रिस्टियानो रोनाल्डोसहित मैदान उत्रिएको पोर्चुगलले पनि फ्रान्सविरुद्ध कुनै गोल गर्न सकेन ।

समूह सीमा रहेका दुवै टोलीले एक-अर्काविरुद्ध फराकिलो अन्तरको अग्रता लिने अवसर गुमाएको छ । यो बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । दुवै टोलीले समान तीन खेलमा समान ७ अंक जोडेका छन् । तर, गोल अन्तरका आधारमा भने पोर्चुगल शीर्ष स्थानमा छ । समान अंक भएको फ्रान्स दोस्रो स्थानमा छ ।

त्यस्तै सोही समूहमा भएको अर्को खेलमा क्रोएसियाले पहिलो जित निकालेको छ । क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा स्विडेनलाई २-१ ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । क्रोएसियाको जितमा निकोला भ्लासिक र आन्द्रे कर्मारिकले एक-एक गोल गरेका थिए । त्यस्तै स्विडेनका लागि मार्कोस ब्रेगले एक गोल फर्काएका थिए ।

प्रकाशित मिति २०७७ असोज २६ गते सोमबार ११:४१
हजुरको प्रतिक्रिया