२०८३ असोज २३ गते शुक्रबार

पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ५४ वन्यजन्तु मरे

पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ५४ वन्यजन्तु मरे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १ गते शुक्रबार ०२:१५

चितवन  चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गएको साउनयता ती वन्यजन्तु मरेका हुन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए...

चितवन 

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गएको साउनयता ती वन्यजन्तु मरेका हुन् ।

तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उहाँका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२ चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परि २०, दलदलमा परेर र सडक दुर्घटनामा परि एकरएक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एकरएक गैँडा मरेको उनले बताए । घडीयाल गोही र गौरीगाई तीनरतीन प्राकृतिक कारणले मरेका छन् ।

हात्ती, जरायो, बँदेल, कछुवा दुईरदुई वटा पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एकरएक वटा मरेका छन् । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन् । निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारीले मार्न नसकेको उनले बताए ।

प्रकाशित मिति २०७९ पुस १ गते शुक्रबार ०२:१५
हजुरको प्रतिक्रिया