२०८३ साउन २१ गते बिहीबार

देउवाले सहमति कार्यान्वयन नगर्दा नयाँ परिस्थिति बन्योः प्रचण्ड

देउवाले सहमति कार्यान्वयन नगर्दा नयाँ परिस्थिति बन्योः प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १० गते आइतबार ०४:५१

आइतबार विहानसम्म प्रचण्ड, कांग्रेस सभापति समेत रहेका देउवासँग वार्तामा थिए ।

पोखरा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एक साता अघि भएको सहमति तोड्दा गठबन्धन टुटेको बताएका छन् ।

आइतबार विहानसम्म प्रचण्ड, कांग्रेस सभापति समेत रहेका देउवासँग वार्तामा थिए । राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न देउवा तयार नभएपछि माओवादीले एमालेसँग सहकार्य रोजेको छ । माओवादी केन्द्र र एमालेबीच आलोपालो प्रधानमन्त्री र पहिलो चरणमा प्रचण्डले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रचण्डले देउवा एक साताअघि भएको सहमतिमा टिक्न नसकेको बताए । ‘आजभन्दा ठीक एक साताअघि मेरो देउवाजीसँग पहिलो चरणको नेतृत्व मैले गर्ने, दोस्रो चरणको उहाँले गर्ने सहमति भएको थियो,’ उनले भने, हिजो आएर उहाँले मलाई असाध्यै ठूलो दबाव भयो । पार्टीभित्र र साथीहरुलाई मनाउन सकिनँ । त्यसैले त्यो सहमति कार्यान्वयन गर्न सक्दिन भन्नभयो ।’ अब एमालेसँग सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति २०७९ पुस १० गते आइतबार ०४:५१
हजुरको प्रतिक्रिया