२०८३ साउन २१ गते बिहीबार

सात दलकाे समर्थनमा तेस्राे पटक प्रधानमन्त्री बन्दै प्रचण्ड

सात दलकाे समर्थनमा तेस्राे पटक प्रधानमन्त्री बन्दै प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १० गते आइतबार ०६:०१

२७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत , नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समर्थन दिएका छन्।

कांग्रेसमा सन्नाटा, अलमलमा नेकपा एस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने पक्कापक्की भएकाे छ । सत्ता गठबन्धन भत्किए लगत्तै बनेकाे नयाँ समिकरणले दाहाललाई तेस्राे पटक प्रधानमन्त्री बन्ने बाटाे खुलेकाे हाे । प्रचण्डले ७ दल र १६७ सांसदकाे समर्थनमा शीतल निवास पुगेर आफ्नो दाबी पेश गरेका छन्।

सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति ताेडेकाे प्रचण्डकाे आराेप छ । यसअघि देउवा र प्रचण्ड आलाेपालाे प्रधानमन्त्री हुने सहमति भएपनि अन्तिम समयमा आएर साे सहमति कांग्रेसले पालना नगर्दा नयाँ समिकरणकाे खेल शुरू भएकाे थियाे । कांग्रेससँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र १६७ सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन्।

२७५ सांसद रहेको प्रतिनिधि सभामा प्रचण्डलाई एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत , नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समर्थन दिएका छन्।

प्रचण्डलाई नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अमरेशकुमार सिंहसहित १६७ सांसदले समर्थन गरेका छन्। सहमति अनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने भएका छन् । नयाँ सहमति अनुसार माओवादी केन्द्रले प्रधानमन्त्री पाउँदा एमालेले राष्ट्रपति पाउनेछ । शुरूमा सभामुखसमेत एमालेले पाउने गरि भएकाे सहमतिमा प्रधानमन्त्री फेरिँदा फेरि माओवादी केन्द्रले सभामुख पाउनेछ । उपराष्ट्रपति, उपसभामुखसहितका पदहरुको भागवण्डा भने मिलिसकेको छैन।

प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलहरुको समर्थनमा प्रधानमन्त्री हुन लागेका हुन्। मंसिर ४ को निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आह्वान गरेकी थिइन्।

यता, सत्ता समीकरणबाट बाहिरिएपछि नेपाली कांग्रेसमा सन्नाटा छाएको छ भने नयाँ समिकरणमा सहभागि नहुने बताएकाे एकिकृत समाजवादी अलमलमा परेकाे छ ।

प्रकाशित मिति २०७९ पुस १० गते आइतबार ०६:०१
हजुरको प्रतिक्रिया