२०८३ साउन २१ गते बिहीबार

कास्की सरुवा हुुन लागेका डिएसपी ३५ तोला सुन र २५ लाख नगदसहित समातिए

कास्की सरुवा हुुन लागेका डिएसपी ३५ तोला सुन र २५ लाख नगदसहित समातिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ११ गते सोमबार १२:३५

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई प्रहरीकै अनुसन्धान टोलीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा टोलीले आइतबार साँझ केसीलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो । गत मंसिरमा बुटवलका एक व्यापारीले...

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई प्रहरीकै अनुसन्धान टोलीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा टोलीले आइतबार साँझ केसीलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो।

केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।

यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ।

करिब १३ महिना अघि केसी बुटवल आएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि एक्सन लिइएको बताए।

प्रकाशित मिति २०७९ पुस ११ गते सोमबार १२:३५
हजुरको प्रतिक्रिया