गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या ५ हजार १ सय २७ पुग्यो
पोखरा । पोखरामा १ सहित गण्डकी प्रदेशमा थप २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा थप २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २७ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित ३४ वर्षीय पुरुष हुन् । उनी क्षयरोग उपचार केन्द्र पोखरामा सवारी चालकका रुपमा कार्यरत रहेका छन् ।
गोरखामा १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बर्दघाट सुस्तापूर्ब नवलपरासीका ६ जना, तनहुँका २ जना, स्याङ्जा र लमजुङ्का एकएक जना संक्रमित बनेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार १ सय २७ पुगेको छ ।
गण्डकी प्रदेशमा थप १ जनाको कोरोनाबाट ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ५६ वर्षीय पुरुषको हिजो दिउँसो ४ बजेर २३ मिनेट जाँदा ज्यान गएको हो । लमजुङ बेसीसहर-२ का उनी अन्य दीर्घ रोगबाट समेत ग्रसित थिए ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनको कुल संख्या ४१ पुगेको छ ।
प्रकाशित मिति २०७७ असोज २८ गते बुधबार ११:१८




