२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश सभा सदस्यले लिए सपथ

गण्डकी प्रदेश सभा सदस्यले लिए सपथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १४ गते बिहीबार ०१:४७

५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् ।

गण्डकी प्रदेश सभाका सदस्यले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदे सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् ।

बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । राप्रपाका पञ्चराम तमु, कांग्रेसकी सरस्वती गुरूङ र पर्वती तामाङले मातृ भाषामा सपथ लिएका हुन् ।

सपथ खाएपछि सांसदहरूले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लगाएका छन् ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ०१:४७
हजुरको प्रतिक्रिया