२०८३ साउन २१ गते बिहीबार

नेपाल टी-२० लिग : पोखराको लगातार पाँचौं हार, विराटनगरको दोस्रो जित

नेपाल टी-२० लिग : पोखराको लगातार पाँचौं हार, विराटनगरको दोस्रो जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १४ गते बिहीबार ०३:१७

ओपनर अर्जुन साउद पहिलो बलमै आउट भएपछि धर्मराएको विराटनगरको ब्याटिङ रोहितले अर्का ओपनर गौरान्सु शर्मासँग मिलेर संहालेका थिए ।

काठमाडौं
राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिग क्रिकेटमा पोखरा एभेन्जर्समाथि ८ विकेटको जित रचेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १३६ रनको लक्ष्य विराटनगरले १८।४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो ।  टिमलाई जित दिलाउन तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहितले ७१ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर अर्जुन साउद पहिलो बलमै आउट भएपछि धर्मराएको विराटनगरको ब्याटिङ रोहितले अर्का ओपनर गौरान्सु शर्मासँग मिलेर संहालेका थिए । यी दुईले ७८ रनको साझेदारी गरे ।

गौरान्सु ३३ रन बनाएर आउट भएपछि आएका हुसेन तलातसँग मिलेर रोहितले तेस्रो विकेटका लागि ६० रनको अविजित साझेदारी गरे । हुसेन २८ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो । पोखराले जारी लिगमा खराव प्रदर्शन गरिरहेको छ ।

उसका लागि ओपनर सुमित महर्जनले २६, कप्तान उपुल थारंगाले २५ र अमिर हम्जाले ३७ रन बनाउनुबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा विराटनगरका आन्द्रे म्याकर्थीले ३ विकेट लिए ।

प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ०३:१७
हजुरको प्रतिक्रिया