पोखरा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बाह्य शक्तिको हस्तक्षेप बढेको बताएका छन् । उनले २०६३ सालपछि बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीब्र रुपले बढिरहेको बताए । बिहीबार पोखरामा पत्रकार भेटघाटमा उनले भने, ‘चुनावमा भाग लिन । चुनाव जितेपछि सरकार बनाउन र सरकारमा टिकेर बस्नका निम्ति बाह्य शक्तिहरुको आशिर्वाद सहयोग लिने प्रवृत्ति हावि भएको छ । र त्यो अहिलेपनि निरन्तर कायम छ ।’
उनले आफूमाथि लागेको सत्ता र शक्ति केन्द्रित हुने आरोप निराधर भएको दाबी गरे । यो आरोपले चरित्र हत्या भएको उनले बताए । ‘म वास्तवमा यसको ठिक विपरित मान्यतामा खडा भाको छु । सत्ता र शक्तिमा म पुगेको छु । सत्ता र शक्तिका निमित्त आफूलाई कहिल्यै पनि अनुचित ढंगबाट प्रस्तुत गरेको छैन् ।’
प्रकाशित मिति २०७९ पुस १४ गते बिहीबार ०७:३७