२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री प्रचण्डलाई नेपाली टोपी उपहार दिइयो

प्रधानमन्त्री प्रचण्डलाई नेपाली टोपी उपहार दिइयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १७ गते आइतबार ०८:१६

‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउँदै आएको नेपाली टोपी दिवसको अवसरमा यसपालि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा प्रधानमन्त्रीलाई नेपाली टोपी दिएर मनाइएको प्रतिष्ठानका अध्यक्ष महेश्वरसिंह भण्डारीले बताए ।

पोखरा । १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली टोपी प्रदान गरेको छ ।

‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउँदै आएको नेपाली टोपी दिवसको अवसरमा यसपालि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा प्रधानमन्त्रीलाई नेपाली टोपी दिएर मनाइएको प्रतिष्ठानका अध्यक्ष महेश्वरसिंह भण्डारीले बताए ।

नेपाली टोपीसहित राष्ट्रिय पोशाकको पहिचान र सम्बर्द्धन गर्न राज्यले प्रमुख भुमिका खेल्नुपर्नेमा प्रतिष्ठानले प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिष्ठानले पूर्व पर्यटनमन्त्री योगेश भट्टराई, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतलाई नेपाली टोपी लगाइदिएको थियो ।

त्यस्तै प्रतिष्ठानले अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई पनि नेपाली टोपी लगाउँदै नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।

विगत ९ वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता वचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाट बताउँछन् ।

प्रकाशित मिति २०७९ पुस १७ गते आइतबार ०८:१६
हजुरको प्रतिक्रिया