२०८३ साउन २१ गते बिहीबार

कास्कीको मादीमा जलेर पूर्व वडाध्यक्षको मृत्यु, २ घर नष्ट

कास्कीको मादीमा जलेर पूर्व वडाध्यक्षको मृत्यु, २ घर नष्ट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १८ गते सोमबार ०९:१५

पोखरा कास्कीको मादी गाउँपालिकामा आगलागीमा परेर पूर्व वडाध्यक्षको ज्यान गएको छ । घटनामा २ घर जलेर नष्ट भएका छन् । मादी गाउँपालिका वडा १ सिक्लेसका पूर्व वडाध्यक्ष ७१ वर्षीय सुरजकुमार गुरुङको ज्यान गएको हो । मादी गाउँपालिका वडा नम्बर...

पोखरा
कास्कीको मादी गाउँपालिकामा आगलागीमा परेर पूर्व वडाध्यक्षको ज्यान गएको छ । घटनामा २ घर जलेर नष्ट भएका छन् । मादी गाउँपालिका वडा १ सिक्लेसका पूर्व वडाध्यक्ष ७१ वर्षीय सुरजकुमार गुरुङको ज्यान गएको हो । मादी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष देवीजंग गुरुङका अनुसार २०७४ मा नेकपा एमालेबाट सुरज वडाध्यक्षमा निर्वाचित भएका थिए ।

आइतबार राति करिब ९ बजेतिर आगलागी हुँदा सुरज गुरुङको ढुंगामाटोले बनेको टिनले छाएको दुई तले घर र टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर र घरमा भएका सबै समान पूर्ण रुपमा नष्ट भएका छन् । टौराजको घरमा स्थानीय धनबहादुर गुरुङले किनारा पसल गर्दै आएको वडाध्यक्ष गुरुङले बताए । सुरजको घरमा पनि पसल थियो । स्थानीयले राति ११ बजे आगो निभाएका थिए ।

साविक पार्चे गाविसका पूर्व अध्यक्ष प्रतिनिध सभा सांसद मनबहादुर गुरुङ र मादी गाउँपालिकाका पूर्व अध्यक्ष तथा कास्की क्षेत्र नम्बर १(२)का प्रदेश सांसद वेदबहादुर गुरुङले सुरजको निधनप्रति दुख व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०७९ पुस १८ गते सोमबार ०९:१५
हजुरको प्रतिक्रिया