२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेश सभाको पहिलो बैठकमा दुई अध्यादेश पेस

गण्डकी प्रदेश सभाको पहिलो बैठकमा दुई अध्यादेश पेस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १८ गते सोमबार ०४:२०

गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा दुई वटा अध्यादेश पेस भएको छ ।

पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा दुई वटा अध्यादेश पेस भएको छ ।

कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सोमबार बसेको बैठकमा ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ संसदमा पेस गरेका हुन् ।

अध्यादेश पेस भएसँगै ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बैठक स्थगित गरे । अर्को बैठक पुस २९ गते बस्ने छ ।

प्रकाशित मिति २०७९ पुस १८ गते सोमबार ०४:२०
हजुरको प्रतिक्रिया