२०८३ साउन २१ गते बिहीबार

मनोरञ्जन

निर्माण हुँदै ‘संस्कार’, निशान र अस्मिताको स्वरमा ‘चितवनको एयरपोर्ट …’

निर्माण हुँदै ‘संस्कार’, निशान र अस्मिताको स्वरमा ‘चितवनको एयरपोर्ट …’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज २९ गते बिहीबार ०२:०८

  काठमाडौं । किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । सोही फिल्ममा समाबेश ‘चितवनको एयरपोर्ट ...’ बोलको गीत भर्खरै रेकर्ड भएको हो । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान...

 

काठमाडौं । किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । सोही फिल्ममा समाबेश ‘चितवनको एयरपोर्ट …’ बोलको गीत भर्खरै रेकर्ड भएको हो । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ ।

दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशकै हो । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्नेछ । तिहारपछि सुटिङ गरिने ‘संस्कार’मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहने निर्माता दिनेशले जानकारी दिए ।

फिल्मको सहनिर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी छन् । तनहँु, पोखरा र बिरगंजमा खिचिने फिल्ममा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको चयन प्रक्रिया जारी छ ।

गीतको शब्द तथा संगीत निकै मन परेकाले दर्शक स्रोतालाई पनि मन पर्ने बिश्वास निशान र अस्मिताले ब्यक्त गरे ।

प्रकाशित मिति २०७७ असोज २९ गते बिहीबार ०२:०८
हजुरको प्रतिक्रिया