२०८३ कात्तिक ११ गते मंगलबार

पोखराको दीपमा करेन्ट लागेर युवाको मृत्यु

पोखराको दीपमा करेन्ट लागेर युवाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २१ गते बिहीबार ०४:५९

घाइते भएका उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पोखरा

पोखरामा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ९ बजेतिर करेन्ट लागेर घाइते भएका पोखरा महानगरपालिका–१६ माथिल्लो दीप बस्ने वर्ष १९ का श्रम गुरुङ मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुरसार आफ्नै साढे २ तलाको घरको छतमा गएको बेला अचानक हाइटेन्सन लाइनबाट करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको बारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले बताएको छ ।

 

प्रकाशित मिति २०७९ पुस २१ गते बिहीबार ०४:५९
हजुरको प्रतिक्रिया