२०८३ साउन २१ गते बिहीबार

पाल्पाको बस दुर्घटनामा एकै गाउँका ६ महिलाको मृत्यु

पाल्पाको बस दुर्घटनामा एकै गाउँका ६ महिलाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २२ गते शुक्रबार ०८:१७

रुपन्देहीको सालझण्डीबाट खुसार्नेका लागि छुटेको ग १ ख ४९७७ नम्बरको बस खुसार्ने पुग्नै लाग्दा राति १० बजेतिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

पाल्पा

पाल्पामा बिहीबार राति भएको बस दुर्घटनामा एकै गाउँका ६ जना महिलाको ज्यान गएको छ । घटनामा १६ जना घाइते भएको प्रहरीले बताएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्ने नजिकै बस दुर्घटना हुँदा सोही ठाउँका ६ जनाको ज्यान गएको हो । प्रहरीका अनुसार दुर्घटनामा खुसार्ने गाउँका ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डेको ज्यान गएको हो ।

रुपन्देहीको सालझण्डीबाट खुसार्नेका लागि छुटेको ग १ ख ४९७७ नम्बरको बस खुसार्ने पुग्नै लाग्दा राति १० बजेतिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटनामा परेको प्रहरीले बताएको छ । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका १६ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेकाे छ । एकै गाउँका ६ जनाकाे ज्यान गएपछि खुसार्ने गाउँ शाेकमा डुबेकाे छ ।

प्रकाशित मिति २०७९ पुस २२ गते शुक्रबार ०८:१७
हजुरको प्रतिक्रिया