२०८३ साउन २१ गते बिहीबार

देशभरका जिल्ला समन्वय प्रमुख र उपप्रमुख पोखरामा

देशभरका जिल्ला समन्वय प्रमुख र उपप्रमुख पोखरामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २२ गते शुक्रबार १०:५०

बैठकमा ७७ वटै जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमख र एक महिला सदस्यसहित ३ सय जनप्रतिनिधि सहभागी भएका छन् ।

पोखरा

 देशभरका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख पोखरामा भेला भएका छन् । जिल्ला समन्वय समिति महासंघको आयोजनमा उनीहरु पोखरामा भेला भएका हुन् । जिल्ला समन्वय समिति महासंघको चौंथो राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन् उनीहरू पोखरा आएका हुन् ।

महासंघका अनुसार आज र भोलि हुने परिषद् बैठकमा ७७ वटै जिल्लाका जिल्ला समन्वय प्रमुख, उपप्रमख र एक महिला सदस्यसहित ३ सय जनप्रतिनिधि सहभागी भएका छन् । पोखराको सिर्जनाचोकमा रहेको साइमन पार्टी प्यालेसमा हुने परिषद् बैठकको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले उद्घाटन गर्ने जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालल बताए ।

बैठकमा जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउने बारेमा छलफल तथा अनुभव आदानप्रदानको साथै नयाँ नेतृत्व समेत चयन गर्ने जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले बताए ।

 

 

प्रकाशित मिति २०७९ पुस २२ गते शुक्रबार १०:५०
हजुरको प्रतिक्रिया