२०८३ साउन २१ गते बिहीबार

रुपाको शिवालय माविमा सम्मान कार्यक्रम

रुपाको शिवालय माविमा सम्मान कार्यक्रम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २२ गते शुक्रबार ११:१६

कार्यक्रममा विभिन्न अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो । २०१७ मा स्थापना भएको सो विद्यालयमा कक्षा १२ सम्म पढाइहुँदै आएको छ ।

पोखरा

कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई शिवालय वर्ष सम्मान–२०७९ बाट सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा ३ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने टीकाराम सुवेदी, अभिभावक मंगलप्रसाद ओझा, सञ्चारकर्मी सुरेनकुमार नेपाली ‘सुशील’, विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङ, छात्रवृत्ति अक्षयकोष संस्थापकद्वय डा. नारायण ओझा र सुकमाया सुवेदी रहेका छन् । त्यसै गरी विद्यालयको गौरव बढाएको भन्दै शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालाई शिवालय गौरव सम्मान– २०७९ बाट सम्मान गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष सुवेदीले आफ्नो ३ वर्से कार्यकालमा सकेसम्म विद्यालयको हित हुने गरी काम गर्ने प्रयास गरेको बताए । वडा नम्बर २ का वडा अध्यक्षसमेत रहेका उनले विद्यालयमा गरेको कामकै आधारमा आफूलाई वडावासीले वडा अध्यक्ष बनाएको भन्दै धन्यवाद ज्ञापन गरे । शिक्षक–अभिभावक संघका अध्यक्ष रामचन्द्र ओझाले शिवालयको शैक्षिक उन्नति गर्न अभिभावकहरूको साथ पाएको बताए ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको बताए । केही कक्षाहरूमा स्मार्ट बोर्ड र स्मार्ट टिभीका माध्यमबाट पठनपाठन सञ्चालन गर्दा सिकाइ उपलब्धि बढेको अनुभव सुनाउँदै उनले अबका दिनमा भौतिक भन्दा बढी शैक्षिक गुणस्तर वृद्धिमा लाग्ने योजना सुनाए । एसइई र कक्षा १२ दुबैमा शिवालयको नतिजा गाउँपालिका भरिमा उत्कृष्ट रहेको उनको दाबी थियो । आर्थिक प्रतिवेदन विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कँडेलले विद्यालयको विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी, प्रशासन, व्यवस्थापन लगायतको उत्तिकै सक्रिय र सकारात्मक साथ चाहिने भन्दै शिवालयको प्रगति अनुकरणीय रहेको बताए । नेपाल शिक्षक संघ, रूपाका अध्यक्ष रामचन्द्र ओझाले शिवालयको इतिहास कोट्याउँदै आफूले चन्दा संकलन अभियान सञ्चालन गरेको घटना स्मरण गरे । शिवालय मावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदीले विद्यालयको प्रगति देखेर आफूलाई गौरव लाग्ने गरेको बताए ।कार्यक्रममा सम्मानित व्यक्तित्व सुरेनकुमार नेपाली ‘सुशील’, पूर्व अध्यक्ष तिलबहादुर थापा लगायतले बोलेका थिए ।

विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका कार्यक्रममा शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझाले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि तथा पूर्व प्रधानाध्यापक जयराम सुवेदीले गरेका थिए । सो अवसरमा विभिन्न प्रतियोगिता तथा शैक्षिक सत्र २०७८ का उत्कृष्ट विद्यार्थीहरूलाई प्रस्कार वितरण गरिएको थियो ।

सो अवसरमा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदी र वरिष्ठ उपाध्यक्ष पोस्टराज सुवेदीले मञ्चका तर्फबाट २०७८ को एसइइ. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने धिरज सुनार र कृति ओझालाई नगद ३्/३ हजार रुपैयाँ प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो । २०१७ मा स्थापना भएको सो विद्यालयमा कक्षा १२ सम्म पढाइहुँदै आएको छ ।

 

प्रकाशित मिति २०७९ पुस २२ गते शुक्रबार ११:१६
हजुरको प्रतिक्रिया