२०८३ साउन २१ गते बिहीबार

राजनीति

रवी लािमछानेको जोगियो पद, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवी लािमछानेको जोगियो पद, सर्वोच्चले दिएन अन्तरिम आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २२ गते शुक्रबार ०५:५३

अमेरिकी नागरिकता लिएका लामिछानेले त्यताको नागरिकता त्यागे पनि फेरि नेपाली नागरिकता नलिएकाले दावीसहित रिट परेको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पद जाेगिएकाे छ । नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अमेरिकी नागरिकता लिएका लामिछानेले त्यताको नागरिकता त्यागेपनि फेरी नेपाली नागरिकता नलिएकाले उनको नागरिकता कायम नरहेको दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।

प्रकाशित मिति २०७९ पुस २२ गते शुक्रबार ०५:५३
हजुरको प्रतिक्रिया