२०८३ साउन २१ गते बिहीबार

नाबालिग करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका ७१ वर्षीय वृद्ध पक्राउ

नाबालिग करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका ७१ वर्षीय वृद्ध पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २४ गते आइतबार ०५:१९

तत्कालीन समयमा तिवारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा गए पनि ०७७ असोज २७ गतेको फैसलाले सफाइ दिएको थियो । जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा ०७९ बैशाख १४ गते उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै तिवारीलाई दोषी करार गरेको थियो ।

पोखरा
अपांग नाबालिग बलात्कार अभियोगमा १९ वर्ष जेल सजाय तोकिएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–२३ का ७१ वर्षीय तारानाथ तिवारी छन् ।

तिवारी पुस २२ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

तिवारीले ०७६ साउन ७ गते शारीरिक अपांगतासमेत रहेकी नाबालिग पोखरा १३ (परिवर्तित नाम)लाई जबरजस्ती गरेको उजुरी परेको थियो । सोही आरोपमा प्रहरीले तत्काल पक्राउ गरेर अनुसन्धानपश्चात जिल्ला अदालतमा पेश गरेको थियो ।

तत्कालीन समयमा तिवारीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा गए पनि ०७७ असोज २७ गतेको फैसलाले सफाइ दिएको थियो । जिल्लाको फैसलाविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा ०७९ बैशाख १४ गते उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै तिवारीलाई दोषी करार गरेको थियो ।

उच्चले तिवारीलाई दोषी ठहर गर्दै १९ वर्ष ३ महिना कैदसहित १० हजार जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । तर, जिल्ला अदालतबाट सफाया पाएसँगै उनी फरार थिए ।

फरार तिवारीलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा बुधबार नै पेश गरिसकेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

‘निजलाई कैद भुक्तानका लागि कारागार कार्यालय, कास्कीमा पठाइसकिएको छ,’ उनले भने ।

प्रकाशित मिति २०७९ पुस २४ गते आइतबार ०५:१९
हजुरको प्रतिक्रिया