२०८३ असोज २३ गते शुक्रबार

गण्डकीका मुख्यमन्त्री खगराजले मागे विश्वासको मत

गण्डकीका मुख्यमन्त्री खगराजले मागे विश्वासको मत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २९ गते शुक्रबार ०१:३५

पोखरा  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत मागेका छन् । प्रदेश सभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८(४) अनुसार विश्वासको मत मागेका हुन् । एमालेका २२,...

पोखरा 

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत मागेका छन् । प्रदेश सभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८(४) अनुसार विश्वासको मत मागेका हुन् ।

एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, मनाङेले विश्वासको मत भने अधिकारीलाई नदिने र प्रतिपक्षमा बस्ने बताएका छन् ।

६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । नेपाली कांग्रेसलाई पनि पत्र पठाएर अधिकारीले विश्वासको मत दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार ०१:३५
हजुरको प्रतिक्रिया