२०८३ साउन २१ गते बिहीबार

पोखरामा माघे संक्रान्तिका लागि भित्रियो ३५ मेट्रिक टन सखरखण्ड र तरुल

पोखरामा माघे संक्रान्तिका लागि भित्रियो ३५ मेट्रिक टन सखरखण्ड र तरुल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस ३० गते शनिबार ०२:२९

अहिले सखरखण्डको मुल्य पोखरामा १ सय रुपैयाँ केजी छ भने तरुलको मुल्य प्रकार हेरेर १ सय ५० देखि २०० सम्मको राखिएको छ ।

बजारमा सखरखण्ड १ सय रुपैयाँ केजी

पोखरा

माघे संक्रान्तिका लागि पोखरामा सखरखण्ड तथा तरुल ३० देखि ३५ मेट्रिक टन आयात भएको छ । भोलिका लागि पोखराका विभिन्न ठाउँमा सखरखण्ड तथा तरुल बिक्रिमा राखिएको छ । माघ १ गते संक्रान्तिका दिन चाकु, तिल मिसाएर बनाइएको लड्डु, तिलौरा,  भुजाको लड्डु, मिठाई, खिचडी, सखरखण्ड, तरुल तथा पिँडालु खाने चलन रहेको छ । पुसको अन्तिम दिन सखरखण्ड, तरुल पकाएर भोलिपल्ट माघ १ गते खाने चलन रहेको छ । जसलाई पुसमा पाक्य, माघमा खाक्य भन्ने उखान पनि नेपाली समाजमा चलिआएको छ ।

कृषि बजार व्यवस्थापन समिति पोखराकी योजना सहायक रुपा दाहालले अहिले सखरखण्ड तथा तरुल सर्लाही, नवलपरासी, धादिङ र केही पाल्पाबाट आएको जानकारी दिइन् । अहिले उत्पादन कम भएकाले अघिल्लो वर्षभन्दा निकै कम सखरखण्ड तथा तरुल पोखरा आयात भएको उनले बताइन् । ‘कास्की भने सखरखण्ड तथा तरुलको उत्पादन कम छ, डोकामा लिएर हिड्ने र आफ्नै घरमा खानेहरु भने छन्, बिक्रिका लागि भने पुगेको अवस्था छैन’ उनले भनिन् ।

पोखरा सिद्धार्थचोकमा सखरखण्ड तथा तरुल बिक्रिमा राखेका व्यवसायीले माघे संक्रान्तिको अघिल्लो दिन भएपनि व्यापार भने कम नै रहेको बताए । अहिले सखरखण्डको मुल्य पोखरामा औसतमा १ सय रुपैयाँ केजी छ भने तरुलको मुल्य प्रकार हेरेर १ सय ५० देखि २०० सम्मको राखिएको छ ।

प्रकाशित मिति २०७९ पुस ३० गते शनिबार ०२:२९
हजुरको प्रतिक्रिया