प्रदेशमा १४५ नयाँ संक्रमित थपिँदा कुल संक्रमित संख्या ५५०१ पुग्याे
पाेखरा । शुक्रबार पाेखरा महानगरपालिकामा थप ४७ जना काेराेना भाइरसकाे नयाँ संक्रमित भेटिएका छन । पाेखरा ३३ का एक ९ महिने शिशुसहित पाेखरामा थप ४७ जना संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । पाेखरा महानगरपालिकाका ४७ जनासहित गण्डकी प्रदेशमा थप १४५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे हाे।
संक्रमितहरूमा पाेखरा १ का २ जना पुरूष, पाेखरा २ का १ जना पुरूष, ३ का १ जना पुरूष, पाेखरा ४ का २ जना पुरूष, पाेखरा ५ मा १६ बर्षीय १ युवतीसहित ३ जना, पाेखरा ७ का २ पुरूष, पाेखरा ८ का २ महिलासहित ३ जना, पाेखरा ९ का एक महिला र २ जना पुरूष गरि ३ जना, पाेखरा १० का १ जना पुरूष रहेका छन ।
यस्तै, पाेखरा ११ का १ महिलासमेत २ जना, १२ का २ जना पुरूष, १३ का १ जना पुरूष, १४ का १ पुरूष, पाेखरा १७ का १ महिलासहित ४ जना, पाेखरा २० का २ जना पुरूष, पाेखरा २५ का १ जना पुरूष, पाेखरा २६ का १ पुरूष, पाेखरा २७ का ४ जना पुरूष, पाेखरा २८ का १ महिलासमेत २ जना, पाेखरा २९ का १ महिलासहित ५ जना, पाेखरा ३० का चाैध बर्षीय १ युवतीसहित २ जना, पाेखरा ३२ का १ जना महिला, पाेखरा ३३ का ९ महिने शिशुसहित २ जना संक्रमित बनेकाे निर्देशनालयले जनाएकाे छ ।
यस्तै, काेराेना भाइरसकाे संक्रमणका कारण शुक्रबार गण्डकी प्रदेशमा थप एक जनाकाे ज्यान गएकाे छ । सशत्र प्रहरी बल, मुस्ताङमा कार्यरत बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका-७ का २५ बर्षीय पुरुषको २९ गते राति ११:३० बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा ज्यान गएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लखे छ ।
ज्यान गुमाउने युवक असाेज २५ गते अस्पताल भर्ना भएका थिए भने २७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
शुक्रबार थप हुने संक्रमितहरूमध्ये बर्दघाट सुस्तापूर्व नवलपरासीका ५४ जना रहेका छन । पाेखराका २० जना संक्रमित थपिँदा बाग्लुङमा ९ जना संक्रमित थपिएका छन ।
यस्तै, गाेरखाका १३ जना, लमजुङका ८ जना, स्याङजाका ५ जना तथा म्याग्दी र पर्वतका एक/ एक जनासहित प्रदेशमा १४५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे निर्देशनालयले जनाएकाे हाे ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ५ सय १ पुगेको छ ।

समाचारमा प्रयाेग भएकाे तस्विर सांकेतिक हाे । धन्यवाद
प्रकाशित मिति २०७७ असोज ३० गते शुक्रबार ०५:१९




